Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्पको नयाँ यात्रा प्रतिबन्ध लागू : यी १२ देशका नागरिक अमेरिका छिर्न नपाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २७ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एक विवादास्पद आदेशअन्तर्गत आज (जुन ९) देखि १२ देशका नागरिकमाथि अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लागू भएको छ । जुन ४ मा जारी गरिएको यो आदेशले आप्रवासन र गैर-आप्रवासन दुवै प्रकारका भिसामा प्रभाव पार्नेछ । यसका साथै अन्य ७ देशका नागरिकमाथि आंशिक प्रतिबन्ध पनि लगाइएको छ ।

नयाँ आदेशअनुसार पूर्ण प्रतिबन्धको सामना गर्ने देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूमाथि आंशिक प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षा र राष्ट्रिय हितको रक्षाका लागि यो कठोर कदम आवश्यक भएको बताए । ‘अमेरिका यस्ता विदेशीबाट सुरक्षित रहनुपर्छ, जो आतंकवादी आक्रमण गर्न, राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन, घृणा फैलाउन वा आप्रवासन कानूनको दुरुपयोग गर्न खोज्छन्,’ उनले आफ्नो आदेशमा भनेका छन् ।

उनले भिसा जारी गर्दा कडा सावधानी अपनाउन निर्देशन दिँदै स्थायी बसोबासको अनुमति दिने आप्रवासन भिसामाथिको जाँचलाई थप कडा बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार, जुन देशहरूसँग परिचय र सूचना आदानप्रदानको भरपर्दो प्रणाली छैन, त्यहाँबाट आउने मानिसहरूलाई रोक्नु राष्ट्रिय सुरक्षाका लागि अनिवार्य छ ।

पूर्ण र आंशिक प्रतिबन्ध

पूर्ण प्रतिबन्ध: यी देशका अधिकांश नागरिकले पर्यटक, विद्यार्थी, कामदार वा आप्रवासी जस्ता कुनै पनि प्रकारका भिसा प्राप्त गर्न सक्ने छैनन् ।

आंशिक प्रतिबन्ध: यी देशका नागरिकलाई केही विशेष प्रकारका भिसामा मात्र रोक लगाइन्छ । उदाहरणका लागि, आप्रवासन भिसामा रोक लगाए पनि पर्यटक वा विद्यार्थी भिसा प्राप्त गर्न सक्ने सम्भावना रहन्छ ।

यो कदमलाई ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको ‘यात्रा प्रतिबन्ध’ (ट्राभल ब्यान) को पुनरावृत्ति मानिएको छ । सन् २०१७ मा उनले इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनजस्ता अधिकांश मुस्लिम-बहुल देशहरूमाथि प्रतिबन्ध लगाएका थिए, जसलाई विश्वव्यापी रूपमा ‘मुस्लिम ब्यान’ को संज्ञा दिइएको थियो । पछि उक्त सूचीमा केही फेरबदल गरी उत्तर कोरिया र भेनेजुएला जस्ता देशहरूलाई पनि थपिएको थियो।

ट्रम्प प्रशासनले प्रतिबन्धको औचित्य पुष्टि गर्न आतंकवाद र राष्ट्रिय सुरक्षालाई मुख्य कारण देखाएको छ । आदेशमा भनिएको छ, ‘अफगानिस्तानमा तालिबानको नियन्त्रणका कारण त्यहाँ भरपर्दो सरकारी संयन्त्र छैन, जसले गर्दा नागरिकको पहिचान प्रमाणित गर्न सकिँदैन ।’

म्यानमारमाथि प्रतिबन्ध लगाउनुको कारण त्यहाँका नागरिकहरूले भिसाको अवधि सकिएपछि पनि अमेरिका नछाड्ने (ओभरस्टे) प्रवृत्ति उच्च रहेको देखाइएको छ । रिपोर्टअनुसार, म्यानमारका २७ प्रतिशतभन्दा बढी बी१/बी२ भिसाधारक र ४२ प्रतिशतभन्दा बढी विद्यार्थी भिसाधारकहरू तोकिएको समयभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४