Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

करण केसी ‘नायक बन्दा’ स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २१ २०८२
  • 2.5K
    SHARES

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा करण केसीको अन्तिम क्षणको विस्फोटक ब्याटिङले नेपाललाई ऐतिहासिक जित दिलाएको छ । सोमबार स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालले घरेलु टोलीलाई १ विकेटले पराजित गर्दै त्रिकोणात्मक सिरिजको पहिलो खेल आफ्नो पक्षमा पारेको हो ।

२९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित निकालेको हो । नेपाललाई जितका लागि एक रन आवश्यक हुँदा स्कटिस बलर मार्क वाटले वाइड दिएपछि नेपालले नाटकीय तरिकाले खेल जित्यो ।

तल्लोक्रमका ब्याटर करण केसी खेलको निर्णायक नायक बने । उनले ४१ बलमा ३ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले ११ चौका प्रहार गर्दै ४४ बलमा ५३ रनको योगदान दिए । अर्का ओपनर आसिफ शेखसँग उनले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे । आसिफले २० रन बनाए ।

मध्यक्रममा गुलशन झाले ३० बलमा ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन जोड्दै महत्वपूर्ण योगदान गरे ।

स्कटल्याण्डका ब्रेण्डन मक्कमुलनले ३ विकेट लिए । माइकल लिस्क र ज्याक जार्भिसले २/२ तथा जसपर डेभिडसनले १ विकेट हात पारे ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो । चार्ल्स टिएरले सर्वाधिक ८० रन जोडे भने फेन्ली म्याक्रिथले ५५ रन बनाए । कप्तान बेरिङ्टनले ४०, म्याथ्यु क्रसले ३९ र माइकल लिस्कले १८ रनको योगदान दिए । नेपालका करण, सोमपाल र रिजन ढकालले समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

अंक तालिकामा सुधार
यो जितसँगै नेपाल लिग टु को पुछारबाट सातौं स्थानमा उक्लिएको छ । १३ खेलमा ८ अंक जोडेको नेपाल अब शीर्ष चारमा पर्न विश्वकप ग्लोबल छनोटको दौडमा पुनः सक्रिय भएको छ ।

१७ खेलमा २० अंक रहेको स्कटल्याण्ड भने चौथो स्थानमा यथावत् छ । सिरिजको तेस्रो टोली नेदरल्याण्ड्स रहेको यस त्रिकोणात्मक श्रृंखला विश्वकप २०२७ को छनोटका लागि निर्णायक बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४