Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र बहराइन खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २७ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज बहराइनसँग खेल्दै छ ।

नेपाल र बहराइनबीचको खेल तेरथाइ क्रिकेट ग्राउण्डमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिनेछ ।

यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १-१ अंक बाँडे ।

नेपालले बहराइनसँग हालसम्म २ पटक खेल्दा २ पटक नै जितेको छ । नेपालले बहराइनलाई एकपटक १४ रनमा तथा एकपटक ३१ रनमा अलआउट गरेको छ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट
टुर्नामेन्ट

Indian Premier League (IPL 2025)

ICC Women’s Under-19 T20 World Cup 2025
U19 Women\’s World Cup warmup

ICC Men T20 World Cup 2024

IPL 2024

ICC T20 World Cup Asia & East Asia-Pacific Qualifier

ICC Womens T20 World Cup Asia Qualifier

ICC U19 MENS CWC Asia Qualifier

Hongkong Quadrangular T20I Series

AFGHANISTAN U19 TOUR OF NEPAL 2025

Nepal Super League 2025

INTERNATIONAL WOMENS CHAMPIONSHIP 2025

AAHA RARA Pokhara Gold Cup 
2025

NPL- NEPAL PREMIER LEAGUE (2024)

West Indies A Tour to Nepal 2024

Nepal Tri-Nation T20I Series (2024)

2023–2027 ICC Cricket World Cup League 2

Nepal Vs Canada ODI Series

Aaha RARA Pokhara gold cup 


Nepal Super League

NPL- Nepal Premier League 2025

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४