Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बोलाइयो मन्त्रिपरिषद् बैठक : गभर्नरको नियुक्तिदेखि कूटनीतिक विषयसम्म एजेन्डा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २५ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आलोचनाका बाबजुद सरकारी निवास बालुवाटारमै आज साँझ बस्ने गरी बैठक बोलाएका हुन् ।

यसअघि बालुवाटारमा बारम्बार मन्त्रिपरिषद् बैठक आयोजना गरिएको विषयमा सार्वजनिक रूपमा आलोचना हुँदै आएको थियो । यस्ता टीकाटिप्पणीका बीच प्रधानमन्त्रीले पुनः बालुवाटारलाई नै बैठकस्थल बनाउँदा राजनीतिक वृत्तमा चासो पैदा भएको छ ।

आजको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो तनाव, नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति, आगामी आर्थिक वर्षको बजेट तयारी, सरकारका तर्फबाट हालसम्म भएका कार्यान्वयनका अवस्थाहरू तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने जनाइएको छ ।

सरकारको रणनीतिक कार्यदिशा, आर्थिक योजना र कूटनीतिक विषयहरूमा समेत बैठकले मार्गनिर्देशन दिने अपेक्षा गरिएको छ । बालुवाटार बैठकले आगामी दिनमा सरकारको प्राथमिकता र धारणा स्पष्ट गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४