Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कलाकार विनोद श्रेष्ठको संर्घषपछिको सफलताको कथा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २३ २०८२
  • 3.9K
    SHARES

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा विगत लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल विनोद श्रेष्ठ लाखौं दर्शक श्रोताको मनमा बस्न सफल हुनु भएका व्यक्ति एक सरल र सालिन व्यक्ति हुन ।

बिनोद श्रेष्ठ चाहे म्युजिक भिडियोमा होस या फिल्म टेलि फिल्म अथवा टेलि सिरियलमा उनले गरेका काम दर्शकहरुले रुचाएकै हुन्छन् । पछिल्लो समय आफूलाई व्यस्त कलाकारको रूपमा पनि चिनाएका छन् । कलाकार बिनोद श्रेष्ठ महिनाको २५, २६ दिन त सुटिङमै व्यस्त हुन्छन् बाकी समय आफ्नो परिवार र समाजसेवामा बिताउने गर्दछन् । नेपाली मौलिकता झल्कने नेपालका सुपरहिट टेलि सिरियलहरु कान्छी भुन्टी,जुठे टुहुरी,सकस मिरा,बाचा मुलघर लगाएत दर्जनौ सिरियलबाट आफूलाई चिनाउँदै चर्चामा आएका व्यक्ति हुन् विनोद श्रेष्ठको कलाकारिता क्षेत्रमा छुट्टै कहानी र जीवन सङ्घर्षहरु रहेका छन् ।

कुनै बेला कलाकार विनोद श्रेष्ठसँग सुटिङमा जाँदा गाडी भाडा हुदैन् थियो,एक प्लेट मःमको भरमा बेलुकाको खाना टार्ने गर्थे । सडकको गल्लि गल्लिमा कामको सिलसिलामा भौतारिने गर्थे । अहिले आएर उनै कलाकारलाई हेर्ने हो भने कलाकारिता क्षेत्रमा स्थापित भइसकेका छन्,आफ्नै गाडी,घर छ जीवन शैली परिवर्तन भएको छ । महँगी सहरमा कलाकार भएर हिँड्ने हैसियत बनाएका छन् ।

कलाकार विनोद श्रेष्ठ भनेर सर्वाधिक दर्शकलाई चिनाएका छन् । यो नै उनको ठुलो सफलता हो जो कोहिले यो सफलता नपाउन पनि सक्छन् । याक्टिङ गर्दा होस या म्युजिक भिडियोमा डान्स गर्दा कलाकारिताको भावमा डुबेर अभिनय गर्ने विनोद श्रेष्ठ आफूले कलाकारिता क्षेत्रमा भोगेका तिता,मिठा अनुभवहरुलाई  जन आवाज टेलिभिजनले निर्माण गरेको लोकप्रिय कार्यक्रम “मनोसंबाद” कार्यक्रममा सुनाउँछन् ।

आज भोली केमा व्यस्त हुनुहुन्छ भन्ने जवाफमा के भन्छन त बिनोद श्रेष्ठ  ?

आज भोली सिरियल,सट मुभिको सुटिङ तिर नै व्यस्त हुन्छु । अरू काममा समय दिन पाएको छैन महिनामा २५, २६ दिन सिरियल, सट मुभिको सुटिङ हुन्छ । पछिल्लो समय कलाकारिता क्षेत्रमा आफूलाई निकै व्यस्त बनाएको छु, यो व्यस्त नै मेरो सफलता हो भन्ने ठानेको छु ।

कलाकारिता क्षेत्रमा लागेको कति भयो  भन्ने जवाफमा ?

कलाकारिता क्षेत्रमा लागेको २६, २७ वर्ष भयो २०५६ सालदेखि कलाकारिता क्षेत्रमा निरन्तर लागेको छु । म रङ्गकर्मी पनि हो २०५४ सालदेखि ५६ सालसम्म जमल सांस्कृतिक कला केन्द्रबाट अभिनय प्रशिक्षण लिएर आएको छु । कलाकारिता क्षेत्रको मैले लामो अनुभव बोकेको छु, दर्शकको माया साथ सपोर्टले आजसम्म कलाकारिता क्षेत्रमा टिकी रहेको छु ।

कलाकारिता क्षेत्रमा लागि रहँदा कुनै सम्झिन लायक अबिष्मरणिय क्षण छन् तपाईका ?

कलाकारिता क्षेत्रमा मेरो आफ्नै कथा, व्यथा र संर्घष छ । यो क्षेत्रमा मैले धेरै नै मेहनत गरेको छु । ती हिजोका दु;खका दिनहरूलाई सम्झिदा आज पनि अचम्म लाग्छ । एक प्लेट  मःम किनेर अचार धेरै माग्थे अनि त्यो अचार प्याक गर्न लगाएर घरमा लगेर खानासँग खान्थे तरकारी किन्ने समेत पैसा हुदैन् थियो । मःमको अचारसँग खाना खाएर छाक टार्ने र्गथे । मेरो जीवनमा त्यस्ता दु:खका दिनहरू धेरै छन् ।

कलाकारिता क्षेत्रको भविष्य के छ जस्तो लाग्छ तपाईँलाई ?

कलाकारिता क्षेत्रको भविष्य एकदमै राम्रो छ यो क्षेत्रमा लागेर नाम, दाम दुवै कमाउन सकिन्छ । कलाकारिता क्षेत्र भनेको सम्मानित पेसा हो, जोकोही यो क्षेत्रमा लाग्न पनि सक्दैनन् कलाकारिता क्षेत्रमा सबैको नजर जान्छ । यो क्षेत्रलाई बुझन सक्यो भने राम्रो छ बुझन सकेन भने राम्रो छैन । कसरी बुझेर अगाडी बढ्ने भन्ने हुन्छ । आफूले मेहनत गरेर यो क्षेत्रमा निरन्तरता दियो भने कलाकारिता क्षेत्रको भविष्य राम्रो छ तर यो क्षेत्रलाई बुझन सक्नुपर्छ । भन्दै चर्चित कलाकार विनोद श्रेष्ठले जन आवाज टिभी लाई बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४