Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिउँसो हुरी र चट्याङसहित व्यापक वर्षा, यस्तो छ प्रदेशगत मौसम विवरण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २१ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

हाल बिहानैदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोसी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ । मौसमविद्‍हरूका अनुसार दिनभर नै मौसम बदली रहनेछ । विशेषगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भूभागका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, अन्य केही स्थानमा पनि वर्षा हुने संकेत देखिएको छ ।

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । त्यस्तै, हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत प्रकट गरिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सम्भावित बाढी, पहिरो तथा यातायातमा अवरोध जस्ता जोखिमप्रति सचेत रहन नागरिक तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

यस्तो छ प्रदेशगत मौसम विवरण :-

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४