Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थ र गृह मन्त्रीसमेत सहभागि शिक्षकसँगको वार्ता निष्कर्षबिनै टुंगियो, विद्यालय अझै ठप्प


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १७ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच शिक्षक आन्दोलन अन्त्यको प्रयासस्वरूप जारी वार्ता फेरि निष्कर्षविहीन बनेको छ । मंगलबार राति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न वार्ता बिना ठोस सहमति टुंगिए पनि दुवै पक्षले छलफल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।

शिक्षामन्त्री रघुजी पन्तले वार्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै, ‘शिक्षक महासंघसँगको संवाद सकारात्मक ढंगले अघि बढेको छ। वार्ता जतिसक्दो छिटो निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौं,’ भनेका छन् ।

शिक्षक महासंघ पनि वार्तामा सकारात्मक शैलीमा प्रस्तुत भएको मन्त्री पन्तले बताए । मङ्गलबार राति ८ बजेदेखि सुरु भएको वार्ता साढे १० बजेसम्म चलेको थियो । वार्तामा शिक्षामन्त्री पन्तसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको समेत सहभागिता रहेको थियो ।

शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीले वार्तामा भाग लिएको थियो । यसअघि सोमबार पनि सरकार र महासंघबीच छलफल भएको थियो, जुन दुवै पक्षले सकारात्मक भएको बताएका थिए ।

महासंघले आफ्नो पेशागत तथा श्रम अधिकारसम्बन्धी विभिन्न मागहरू राख्दै गत चैत २० गतेदेखि आन्दोलन थालेको हो । आन्दोलनले देशभरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनाएको छ, जसका कारण शैक्षिक सत्र २०८२ को सुरुवातदेखि नै कक्षाहरू नियमित सञ्चालनमा आउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४