Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षक महासंघको आन्दोलन नयाँ मोडमा, निजामती कर्मचारीले साथ दिँदा थप अप्ठ्यारोमा सरकार !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १० २०८२
  • 1.8K
    SHARES

काठमाडौं । विद्यालय शिक्षा ऐनको मागसहित जारी शिक्षक आन्दोलनले अब नयाँ गति लिने भएको छ । नेपाल शिक्षक महासंघले आन्दोलनको २१ औं दिनदेखि काठमाडौं केन्द्रित प्रदर्शनलाई अझ व्यापक र शक्तिशाली बनाउने तयारी गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गाउँघरमा रहेका शिक्षकहरूलाई काठमाडौं आउन आग्रह गर्दै, आन्दोलनको यो निर्णायक मोडमा उनीहरूको सहभागिता आवश्यक रहेको बताएका छन् । उनले भने, ‘यो घडी निर्णायक हो । गाउँघरमा रहेका आफ्ना साथीहरूलाई काठमाडौं पठाउनुहोस्, ताकि उनीहरू पनि आन्दोलनमा प्रत्यक्ष सहभागी हुने गौरव पाउन् ।’

आन्दोलनको तालिकामा पनि परिवर्तन गरिएको छ । विगतमा बिहान ९ बजेदेखि हुने प्रदर्शन अब बुधबारदेखि बिहान ११ बजेदेखि सुरु भई दिउँसो २ बजेसम्म चल्नेछ । गत चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । यसकै प्रभावस्वरूप कक्षा ११ को परीक्षा पनि सरकारले वैशाख २१ गतेबाट सार्दै नयाँ मिति तोकेको छ ।

अध्यक्ष सुवेदीका अनुसार राष्ट्रिय समितिको मंगलबार बसेको बैठकले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय लिएको छ । उनले अहिलेसम्मको प्रदर्शनमा देखिएको अनुशासन र संयमको सबैले प्रशंसा गरेको भन्दै, भविष्यमा पनि त्यसलाई कायम राख्न आग्रह गरेका छन् ।

बुधबारको प्रदर्शनमा राष्ट्रिय समितिको मुख्य ब्यानरपछि प्रदेशगत रूपमा शिक्षकहरूलाई सहभागिता गराउने योजना छ । प्रदर्शनको क्रममा निषेधित कुनै कार्य नगर्न आग्रह गर्दै, सुवेदीले आन्दोलनको मर्यादा कायम राख्न सबैलाई अनुरोध गरेका छन् ।

१२ को परीक्षा गराउन तयार भएनन् कर्मचारी
नेपाल निजामती कर्मचारी युनियनले विद्यालय शिक्षक तथा कर्मचारीहरूको पेशागत हित, शैक्षिक क्षेत्रको सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धिलगायतका माग राखी २१ दिनदेखि निरन्तर गरिरहेको आन्दोलनमा दोस्रो पटक समर्थन मात्रै जनाएन, सरकाको निर्णयमा पनि असहयोगको निर्णय गरे । युनियनले शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि बोर्डलाई संकट पर्‍यो ।

कर्मचारीसमेत असहयोगमा उत्रिएपछि हच्किएको सरकारले १२ कक्षाको परीक्षा वैशाख २१ गतेदेखि हुने गरी सारेको छ । तर नतिजा प्रकाशनमा शिक्षकको असहयोगले कक्षा १० को अन्तिम परीक्षा दिएर बसेका पाँच लाख १४ हजार १७ विद्यार्थीको कापी परीक्षण पनि ठप्प छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४