काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका सभापति रवि लामिछानेले आफूमाथि विभिन्न आशंका उठेको र उठाइएको भन्दै ती सबै गलत साबित हुने दाबी गरेका छन् ।
कारागार चलान हुनुअघि उनले यस्तो बताएका हुन् । उनले अदालतको आदेशलाई सम्मान गर्दै कानुनले दिएको अधिकार प्रयोग गर्ने पनि बताएका छन् ।
भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती सबै एकदिन गलत साबित हुनेछन् ।
उनले भनेका छन् पार्टीलाई सके बढाउन तिर लाग्नुस् ! तर नसके नघटाउन भन्दै अभियानलाई जनताको बिचमा पुर्याउनका लागी निर्देशन समेत दिएका छन् । उनले भने ‘सक्नुहुन्छ अझै बढाउनुहोस्,नसके पनि नघटाउनुहोस। अभियानलाई जनताको बिचमा लैजानुस्,’म एति भन्न चाहन्छु !
उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको गुनासो समेत गरेका छन् ।
भनेका छन् एकदिन ‘पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने समय आउने छ ! रबि लामिछानेले भनेका छन् ।