Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको वायु निकै अस्वस्थकर,विश्वमै दोस्रो प्रदूषित शहरको सूचीमा !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १९ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । पछिल्लो समय काठमाडौंमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । सोमबार र मंगलबार, काठमाडौंले संसारकै सबैभन्दा प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रह्यो । अहिले “बुधबार” पनि काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको हो ।

आईक्यूएयरका तथ्यांक अनुसार, आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स “एक्युआई” २६८ माइक्रोग्राम प्रतिघणमिटर मापन गरिएको छ, जुन मंगलबारको तुलनामा वृद्धि भएको हो । दिल्ली, भारतको प्रदूषण अझै उच्च स्तरमा छ, जहाँ एक्युआई ३३६ माइक्रोग्राम प्रतिघणमिटर मापन गरिएको छ । यस अनुसार, काठमाडौं अहिले ‘निकै अस्वस्थ’को श्रेणीमा छ भने दिल्ली खतरनाकको स्थितिमा पुगेको छ ।

वायु प्रदूषणका कारण काठमाडौंको वायुमा अस्वस्थकर धुलो र धुवाँका कणहरूको उपस्थिति अत्यधिक छ, जसको मुख्य कारण उद्योग, सवारी साधनबाट निस्कने धुवाँ, खुला डढेलो, फोहोर जलाउने क्रियाकलाप र सडक तथा निर्माण कार्यबाट उड्ने धुलो हो । यसका कारण स्वास्थ्य समस्यामा वृद्धि भएको छ, विशेष गरी श्वासप्रश्वास र मुटुका रोगीहरूको लागि स्थिति खतरनाक बनिरहेको छ ।

प्रदूषणको अवस्था सुधार गर्न वातावरण विभागले जनताको सचेतना र विशेष ध्यानको अपिल गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका समस्यासँग जुझिरहेका व्यक्तिहरूलाई बढी सतर्क रहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४