Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहाँबाट निस्कँदैछ राजावादी र गणतन्त्रको जुलुस ? यी क्षेत्रमा ट्राफिक डाइभर्ट, ३५ सय प्रहरी सडकमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १४ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थक समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्ने भएको छ भने पूर्वराजा समर्थकले तीनकुनेमा जुलुस निकाल्नेछन् ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी छन् । मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म र्‍याली निकाल्ने छ । उनीहरू बबरमहलबाट माइतीघर हुँदै प्रदर्शनीमार्ग पुग्नेछन् भने केही समूह कुपण्डोलबाट त्रिपुरेश्वर हुँदै अघि बढ्ने छन् ।

त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को आयोजनामा पूर्वराजा समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि सोही प्रदर्शनमा सहभागिता जनाउने छ ।

दुई पक्षधरको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौंमा उच्च सतर्कता अपनाएको छ । सम्भावित मुठभेड रोक्न तीनकुने र प्रदर्शनीमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)विश्व अधिकारीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने योजना बनाइएको छ ।

प्रदर्शनस्थलमा एसपी अपिल बोहरा खटिने छन् भने सुरक्षा निगरानीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा व्यवस्थापन गर्नेछन् । मुठभेड रोक्न पूर्वराजा समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै प्रदर्शन गर्न दिने रणनीति बनेको छ ।

चाबहिलबाट सातदोबाटो हुँदै तीनकुनेसम्म उनीहरूलाई जुलुस निकाल्न दिइनेछ भने भक्तपुरबाट आउने पूर्वराजा समर्थक तीनकुनेमै रोकिनेछन् । त्यस्तै, समाजवादी मोर्चाका समर्थकलाई कोटेश्वरबाट बालकुमारी हुँदै प्रदर्शनीमार्ग पठाइनेछ । यी क्षेत्रमा ट्राफिक डाइभर्ट गरिने छ ।

प्रहरीले सम्भावित अशान्ति नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गर्ने योजना बनाएको छ । एसएसपी शेखर खनालका अनुसार सूचना संकलन गर्न सादा पोसाकका सुरक्षाकर्मी खटाइनेछन् । काठमाडौंको प्रमुख क्षेत्रमा हुने यी दुई प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र उच्च तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४