Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद शर्माले संसदमा दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ५ २०८१
  • 3.6K
    SHARES

काठमाडौँ । प्रतिनिधिसभामा स्वास्थ्य बिमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बिमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।

यो प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बिमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।

राष्ट्रिय स्वास्थ्य बिमा योजना स्थापना गर्नुपर्ने, कम आम्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बिमा प्रिमियममा सहुलियत प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बिमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जबाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमा बारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढंगले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वस्थ जनसङ्ख्या निर्माण हुने अपेक्षा सांसद शर्माको छ ।

‘आम नागरिकलाई सर्वसुलभ, सहज स्वास्थ्य उपचार पुर्‍याउन सार्वजनिक, निजी साझेदारीको प्रणालीलाई मजबुत गर्दै राज्य निर्देशित, एकरुपात्मक स्वास्थ्य उपचार सेवालाई बढवा दिई गुणस्तरीय, चुस्त सेवाको नमुना विकास हुने,’ उनले उल्लेख गरेका छन् । यो प्रस्तावमाथि संसद्मा छलफल चलाउन पनि सांसद शर्माले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४