Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारविरुद्ध नेपाल, इतिहास रच्ने सुनौलो अवसर आज इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि भिडन्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १४ २०८१
  • 2.8K
    SHARES

काठमाडौं । नेपाल इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आज म्यानमारसँग आमनेसामने हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने फाइनल खेलमा नेपाल ऐतिहासिक सफलता हासिल गर्न मैदान उत्रिनेछ ।

लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमार यसअघि पनि एकअर्कासँग भिडिसकेका छन् । नेपालले लेबनान र किर्गिस्तानलाई समान १-० को अन्तरले पराजित गर्दै उपाधि दौडमा आफ्नो दावेदारी प्रस्तुत गर्यो । म्यानमारले लेबनानलाई ३-१ तथा किर्गिस्तानलाई ५-० ले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो । यी दुई टिमबीचको लिग चरणको खेल २-२ को बराबरीमा टुंगिएको थियो । तर, गोल अन्तरका आधारमा म्यानमार शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा सीमित भयो ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल सन्तोषजनक रहेको भन्दै फाइनलका लागि टोली पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, ‘हाम्रो टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अब फाइनल खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछौं ।’

नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय फुटबलमा यो पाँचौं भिडन्त हुनेछ । सन् २०१८ मा एसियन ओलम्पिक छनोटअन्तर्गत पहिलो लेगमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो । त्यसको अर्को वर्ष दोस्रो लेगमा म्यानमारले नेपाललाई ३-१ ले पराजित गरेको थियो । त्यस्तै, भारतमा भएको नादेज्दा कपमा म्यानमारले नेपाललाई ३-० को अन्तरले हराएको थियो । पछिल्लो पटक नेपालले दशरथ रंगशालामै म्यानमारसँग खेलेको थियो ।

नेपालकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले उपाधिका लागि टोली पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्, ‘सबैले उत्कृष्ट प्रदर्शन गरेका छन् । टोलीको आत्मविश्वास उच्च छ । अहिलेसम्म सिल्भर मेडलको ग्यारेन्टी भइसकेको छ, अब गोल्डका लागि संघर्ष गर्नेछौं ।’

पहिलो अन्तर्राष्ट्रिय उपाधिनजिक रहेको नेपालले यसपल्ट प्रतियोगितामा दुई जित र एक बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो । सन् २०१० मा बंगलादेशमा भएको साफ महिला च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदबाट नेपालले ठूला प्रतियोगितामा पाइला हालेको हो । तर, यो बीचमा १२ फाइनल खेले पनि नेपालले हालसम्म कुनै उपाधि जित्न सकेन । अब नेपालको एकै लक्ष्य हुनेछ, १४ वर्षे लामो उपाधि खडेरी तोड्ने । यसका साक्षी हुनेछन् करिब १५ हजार दर्शक ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४