Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित कलाकार राजु मास्टरले आफ्नो घरको भित्तामा किन राखे त् युट्युबको लोगो ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १० २०८१
  • 5.7K
    SHARES

काठमाडौं । चर्चित टिभी सिरियलका चर्चित कलाकार राजु पौडेल “राजु मास्टर” ले आफूले बनाएको नयाँ घरको भित्तामा युट्युबको लोगो डिजाइन गरेका छन्। 

उनको घर देख्ने जो कोहीलाई आश्चर्य लाग्न सक्छ — राजुले किन यसरी भित्तामा युट्युबको लोगो राखे ? यसपछाडि डिजिटल आम्दानीको कुरा जोडिएको छ।

 उनले भने, ‘कति कलाकारहरू युट्युबबाट राम्रो कमाइ गरे पनि खुलेर भन्नुहुन्न। मैले छोटो समयमै युट्युबबाट मात्रै कमाएको पैसाले घर बनाएको हुँ। यसमा गर्व लाग्छ। त्यही कारण पनि युट्युबको लागो राखेको हुँ राजु पौडेल “राजु मास्टर” ले भनेका छन् ।

राजुले ललितपुरको चापागाउँमा घर बनाएका छन्। चार वर्षअघि घर बनाए पनि अहिलेसम्म सरिसकेका भने छैनन्।

काठमाडौं रानीवनमा भाडाको घरमा बसिरहेका उनले यो घरमा आफूले ल्याइरहेको सिरियल ‘सकस’ को सुटिङका लागि स्टुडियो बनाएका छन्।

राजु यति बेला एकसाथ दुई चर्चित सिरियलमा देखिँदै आएका छन्।

उनी मरिचमान श्रेष्ठसँग मिलेर ‘जुठे’ सिरियल दर्शकमाझ ल्याइरहेका छन्। यसमा लेखन तथा निर्देशन राजु र मरिचमानको छ।

अर्को, उनले आफ्नै च्यानलमा, आफ्नै लेखन तथा निर्देशनमा ‘सकस’ सिरियल ल्याउँदै आएका छन्।

दर्शकको मन जित्न सक्ने हो भने डिजिटल आम्दानीबाट छोटो समयमै पनि सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश राजुले दिएका छन्। 

उनको ‘मास्टर टिभी’ युट्युब च्यानलमा १७ लाख बढी सब्सक्राइबर्स छन्।

Raju-poudel-home-1740155001.jpg

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४