Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेबनानलाई हराउँदै फाइनल नजिक पुग्ने दाउमा नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ८ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले लेबनानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो महत्वपूर्ण खेल साँझ ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको नेपाली टोली आज पनि जितको लय कायम राख्न चाहन्छ । दोस्रो जित निकाल्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाउने लक्ष्यका साथ नेपाल मैदान उत्रनेछ ।

लेबनान भने पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-१ को हार बेहोरेको लेबनानले आज नेपाललाई हराएर फाइनल सम्भावना जीवित राख्ने प्रयास गर्नेछ ।

पहिलो खेलमा शानदार जित निकालेको म्यानमार शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा छ । दुवै टोलीको समान ३ अंक भए पनि गोल अन्तरका कारण नेपाल दोस्रो स्थानमा परेको हो । अंकविहीन किर्गिस्तान तेस्रो स्थानमा रहँदा लेबनान तालिकाको पुछारमा छ ।

यसै प्रतियोगितामा आजै दिउँसो २ बजे हुने पहिलो खेलमा किर्गिस्तान र म्यानमार भिड्दै छन् । म्यानमार लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने किर्गिस्तान पहिलो जित चाख्न चाहन्छ ।

महिला फुटबलमा नेपाल र लेबनान पछिल्लो एक वर्षमा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । गत वर्ष साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले हराएको थियो ।

आजको खेलमा लेबनान त्यो हारको बदला लिँदै घरेलु मैदानमै नेपाललाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । तर घरेलु समर्थकको साथ र उच्च मनोबलका साथ मैदान उत्रने नेपाली टोली पुनः लेबनानलाई हराएर फाइनल यात्राको ढोका खोल्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४