Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नुन लिनका लागि वडाको सिफारिस चाहिने यो कस्तो जमाना आयो !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २८ २०८१
  • 1.4K
    SHARES

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चार वटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ ।

शुक्रबार सर्केगाड गाउँपालिका–२, ३ र पालिका केन्द्रबाहेक अन्य छवटा वडाका नागरिकलाई नुन वितरण गरिएको उक्त कार्यालयका प्रमुख राजबहादुर लामाले बताए ।

दुई नम्बर रिप र ३ नं उनापानी गाउँ जाने बाटो बिग्रेका कारण नुन वितरण हुन नसकेको हो । पालिकाका अन्य सबै वडाका प्रत्येक घरलाई नुन वितरण गरिएको प्रमुख लामाले जानकारी दिए । पन्धदेखि ३० प्याकेटका दरले नुन वितरण गरिएको छ ।

वडामा कम घर भएकालाई ३० प्याकेट र बढी घर भएका वडालाई १५ प्याकेट जनसङ्ख्याका आधारमा वितरण गरिएको हो । साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालयले नुन लिन पुग्दा सम्बन्धित वडाको सिफारिसका आधारमा नुन वितरण गरिरहेको बताएको छ । दक्षिण भेगका चारवटा गाउँपालिकामा नुन वितरण कर्पोरेसन शाखा कार्यालयका कर्मचारी स्वयं पुगेर वितरण गरिरहेका छन् ।

कर्पोरेसनले अनुदानमा एक प्याकेट नुनको रु नौ मा बिक्री गर्दै आएको छ । शुक्रबार वडा–१ लाई ८० क्विन्टल, वडा–४ लाई ५१ क्विन्टल, वडा–५ लाई ५० क्विन्टल, वडा–६ लाई ५१ क्विन्टल, वडा–७ लाई ५७ क्विन्टल र वडा–८ लाई ५१ क्विन्टल वितरण गरिएको हो ।

शुक्रबार मात्रै तीन सय ४० क्विन्टल वितरण भएको छभने सर्केगाड गाउँपालिकाका लागि पाँच सय क्विन्टल वितरण गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४