Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याट जीपीटी बनाउने कम्पनीका सीईओले बहिनीलाई यौनशोषण गरेको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २५ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानलाई उनकै बहिनीले यौन शोषणको आरोप लगाएकी छन् ।

सामकी बहिनी एन ओल्टम्यानले उनीविरुद्ध मिसौरी राज्यको एक जिल्ला अदालतमा ६ जनवरीमा मुद्दा नै दर्ता गराएकी छन् ।

एन ओल्टम्यानका अनुसार उनलाई सन् १९९७ देखि २००६ को बीचमा दाजु साम ओल्टम्यानले यौन शोषण गरेका हुन् । त्यतिबेला उनी तीन वर्षकी र साम १२ वर्षका थिए । सामले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

साम ओल्टम्यानले सोसल मिडिया प्लेटफर्म एक्समा आफ्ना दुई भाइ र आमासहितको संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बहिनीले लगाएका आरोप निराधार भएको बताएका छन् ।

साम ओल्टम्यानका अनुसार उनले बहिनीको बिल तिर्ने, भाडा तिर्ने गरेर आर्थिक सहयोग गर्दै आएका छन् । तर उनले लगातार थप रकम माग्ने गरेकी थिइन् । यही बीचमा उनले यौन शोषणमा परेको झुटा आरोप लगाएको साम ओल्टम्यानको भनाइ छ ।

साम ओल्टम्यान ओपन एआईकी सीईओ हुन् । ओपन एआईले नै आर्टिफिसियल इन्टेलिजेन्ट च्याटबट च्याट जीपीटी बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४