Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेमिकालाई कारबाहीको माग गर्दै दुजाङले दिए उजुरी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २० २०८१
  • 2.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले शेखर कोइराला समूहकी विद्यार्थी नेतृ प्रेमिका रानामगरविरुद्ध अनुशासनको कारबाही माग गरेका छन्। अध्यक्ष शेर्पाले प्रेमिकामाथि समानान्तर गतिविधि र आफ्नो विरुद्ध तथ्यहीन आरोप लगाएको आरोप लगाउँदै पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

शेर्पाले नेविसंघको विधानअनुसार अनुशासन समितिमा उजुरी दिने प्रक्रिया भए पनि हाल समितिको गठन नभएकोले पार्टीकै आयोगमा उजुरी दर्ता गराएको स्पष्ट पारे । यसअघि, शेखर पक्षकी नेतृ रानामगरले अध्यक्ष शेर्पामाथि संघको नाममा अपारदर्शी र अनैतिक आर्थिक गतिविधि गरेको आरोप लगाएकी थिइन् । उनले एक विज्ञप्ति जारी गर्दै ‘जय नेपाल कप’ आयोजना गर्नका लागि सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस र विश्वविद्यालयहरूसँग अनैतिक रूपमा रकम संकलन गरिएको दाबी गरेकी थिइन् ।

यता, अध्यक्ष शेर्पाले उक्त आरोपलाई खण्डन गर्दै संघद्वारा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता जस्तो महत्वपूर्ण कार्यक्रमलाई जोडेर अनर्गल प्रचार गरिएको बताएका छन् । शेर्पाले संगठनलाई पारदर्शी, जिम्मेवार र सुदृढ बनाउन आफू कटिबद्ध रहेको उल्लेख गर्दै संगठनको एकता, गरिमा, अनुशासन र मर्यादालाई कायम राख्न निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४