Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ११ २०८१
  • 2K
    SHARES

काठमाडौं । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो ।

तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् ।

बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ । तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहितले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार पकतिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको थियो । आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ ।

तालिबान सरकारको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ र उजित जवाफ दिने चेतावनी दिएको छ । उसले भनेको छ, ‘पाकिस्तानी सेनाले बजिरिस्तानका शरणार्थीहरुमाथि अन्तराष्ट्रिय नियमको उल्लंघन गरेर बर्बर आक्रमण गरेको छ । यस क्रूर आक्रमणको जवाफ दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४