Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन, कहाँ कस्को ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ७ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । संघीय राजधानी काठमाडौंका तीन ठाउँमा आज एकै समय प्रदर्शनका कार्यक्रम हुने भएका छन् । भिन्न पक्षले एकै साथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोही अनुसार सुरक्षाको योजना बनाएको छ ।

सत्तारुढ नेकपा एमालेले जागरण सभा गर्दैछ । नेकपा एमालेले र्‍याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ । नेकपा एमालेले आज १ लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको छ । नेकपा एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । नेकपा एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।

त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि प्रदर्शन गर्दैछ । प्रसाईं अहिले साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन् । तर उनको पूर्व निर्धारित प्रदर्शन भने नरोकिने बताइएको छ । प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा कार्यक्रमका लागि अनुमति दिएको छ ।

माइतीघरमा सहकारी पीडितसहित अन्य प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन्  । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी चाप भने हुने उनले बताएका छन् । ‘ट्राफिक जाम त हुन्छ । तर त्यसलाई पनि धेरै असर नपरोस् भन्ने हिसाबले हामीले योजना बनाएका छौं, उनले भनेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४