Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडक आन्दोलनमा जान हच्कियो रास्वपा, अब के गर्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ६ २०८१
  • 2.9K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ सडक आन्दोलनमा जान हच्किएको छ । रास्वपाले सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलनको आरोपमा पक्राउ परेपछि सुरु भएको सडक आन्दोलनको शैली परिवर्तन गर्ने भएको हो ।

मंगलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको क्रममा सडक प्रदर्शनलाई प्राथमिकता नदिने निर्णय गरेको छ । रास्वपाले अब उपनिर्वाचन हुने क्षेत्रहरूमा केन्द्रीय नेताहरूलाई खटाउने र मंसिर ८ र ९ गते विभिन्न क्षेत्रहरूमा पार्टीको भेला आयोजना गर्ने योजना सार्वजनिक गरेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, पार्टीले उम्मेदवारी दिएका क्षेत्रहरूमा केन्द्रीय नेताहरूले भेला गराउने छन्। ‘हामी आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्न र राजनीतिक प्रतिशोधका घटनाहरूको जानकारी गराउन भेला गराउँदैछौं,’ कार्यवाहक प्रवक्ता झाले भने ।

रास्वपाले दुई दिनका लागि तय गरेको विरोध कार्यक्रमलाई आन्दोलनको रूपमा नभई, कार्यकर्ता भेला गरेर आफ्ना मुद्दा जानकारी गराउने प्रकारको बनाएको छ । पार्टीभित्रैबाट सडक प्रदर्शनको प्रभावकारितामा प्रश्न उठेसँगै विरोधको तरिका फेरबदल गर्ने निर्णय भएको हो ।

२ मंसिरको पत्रकार सम्मेलनमा रास्वपाले काठमाडौंमा केन्द्रित विरोध प्रदर्शनको योजना बनाइएको थियो । तर, दुई दिनको केन्द्रीय समितिको बैठकपछि सार्वजनिक निर्णय अनुसार पार्टीले सडक प्रदर्शनको सट्टा, कार्यकर्ताहरूलाई जानकारी गराउने भेलामा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।

रास्वपाभित्र सडक प्रदर्शनको प्रभावकारिता र औचित्यबारे नेताहरुबीच छलफल भएपछि विरोधका लागि नयाँ शैली अपनाउने निर्णय गरेको छ । अब पार्टीले विरोधलाई जनतासम्म पुर्‍याउन र आफ्नो मुद्दाहरू प्रष्ट पार्न, सडक आन्दोलनभन्दा फरक शैलीमा प्रस्तुत हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४