Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘माननीय’ शब्दकै बेइज्जत : एक महिनाभित्रै तीन माननीय प्रहरी हिरासतमा, क-कसमाथि के मुद्दामा हुँदैछ अनुसन्धान ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २९ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । बितेको एक महिनाको अवधिमा मन्त्रीसमेत भइसकेका तीन सांसद प्रहरी हिरासतमा पुगेका छन् । कात्तिक महिनामा मात्रै संघ र प्रदेशका गरी तीन माननीय फरक-फरक मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् ।

यद्यपि, विभिन्न आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा पुग्न आफैँमा दोषी करार हुनु होइन । तर, कुनै कसुर गरेको तथ्य-प्रमाण नभेटी राजनीतिक रूपमा समेत शक्तिशाली हुने माननीयलाई प्रहरीले सहजै पक्राउ गर्न सक्दैन ।

सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । काठमाडौंमा पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई कास्कीबाट रुपन्देही सारिएको छ । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि विभिन्न मुद्दामा हिरासतमा छन् । नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौं प्रहरीको हिरासतमा छन् । आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । अधिकारीलाई आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

अधिकारीपछि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो । २१ वर्षअघि गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसलाअनुसार मंगलबार जेल चलान भएका हुन् ।

विभिन्न अपराधमा माननीयहरू प्रहरी हिरासत वा जेल पुगेको पहिलो घटना होइन । पछिल्ला केही वर्ष प्रहरी हिरासत वा जेल पुग्ने माननीयको संख्या झण्डै दर्जन छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सांसद टोपबहादुर रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमा छन् । त्यसअघि माओवादी केन्द्रका कृष्णबहादुर महरा, नेपाली कांग्रेस अफताब आलम र हाल नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरी पनि विभिन्न अपराधमा प्रहरी हिरासत वा जेल पुगेका माननीय हुन् ।

यसबाहेक प्रहरी हिरासत वा जेल पुगेर छुटेको माननीयको सूची पनि लामै छ । ‘मान वा आदर गर्न योग्यलाई ‘माननीय’ भनिएको हो । ‘माननीय’ भन्ने शब्दले आदरयोग्य पात्रलाई जनाउँछ । तर, नेपालको सन्दर्भमा ‘माननीय’ शब्द नै हलुका, फितलो र अलोकप्रियताको पर्याय बन्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४