Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री हेरफेर गर्ने तयारी, क-कसको पद धरापमा ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २८ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । आसन्न चीन भ्रमणअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।

अबको एक साताभित्रै यसबारे निर्णय लिने बताइएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेकपा एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारी र नेपाली कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डेलाई फिर्ता पठाउने तयारी गरेका हुन् । दुवै मन्त्रीको कार्यसम्पादनमा चित्त नबुझेपछि ओलीले उनीहरूलाई फिर्ता पठाउने तयारी गरेको स्रोतको दाबी छ ।

मन्त्री भण्डारीले आर्थिक अनियमितता गरेको, बिचौलिया लगाएर सुपारी, वाइनको व्यवसाय गर्ने उद्योगीहरूबाट पैसा असुली गरेको जानकारी पाएपछि ओलीले उनलाई मन्त्री पदबाट हटाउन लागेको बताइएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकमा पनि मन्त्री दामोदर भण्डारीको कार्यसम्पादन अत्यन्तै कमजोर देखिएकाले मन्त्रालयबाट फिर्ता बोलाउनेबारे छलफल भएको बताइन्छ ।

यसअघिको मन्त्रीपरिषद्मा पनि सहभागी भएका भण्डारी पुनः दोहोरिएका थिए । तर, दुई पटकसम्म पनि मन्त्री पद खाएका उनको कार्यशैलीबारे पार्टीभित्रै आलोचना भइरहेको छ ।

यसैगरी कांग्रेसको शेखर कोइराला समूहबाट पर्यटन मन्त्री बनेका बद्री पाण्डेले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेसबाटै उनलाई पदबाट हटाउन दबाब आएको छ । पाण्डेबारे पार्टी र समूहमै आलोचना भइरहेको छ । साथै कार्यसम्पादन पनि कमजोर देखिएकाले प्रधानमन्त्री ओलीले उनको बिदाइ गर्ने तयारी गरेका हुन् ।

पछिल्लो पटक उनी आर्थिक लेनदेनको विवादमा पनि फसेका छन् । कांग्रेसकै सांसद राजेन्द्र बजगाईँले मन्त्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको उनको आरोप छ । तर मन्त्रीले भने इमानदार भएर काम गर्न खोजेपनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली दुवै मन्त्रीलाई जुनसुकै बेला पनि हटाउन सक्ने बताइएको छ । मन्त्रिपरिषद्लाई थप मजबुत बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको स्रोतको दाबी छ ।

गत असार १६ गते नेपाली कांग्रेससँगको सात बुँदे सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए लगत्तै भोलिपल्ट प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई लक्षित गरेर राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनको राजदूत नियुक्त गरेका छन् । अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्राडा कृष्णप्रसाद ओली आइतबार राजदूत नियुक्त भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४