काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् ।
सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले रास्वपाको सभापति लामिछाने नै हुने बताएका हुन् ।
उनले पार्टी सभापतिमा रबि लामिछानेको विकल्प नरहेको पनि बताएका छन् । उनले कार्यवाहक सभापति कसले पाउँछ भन्ने कुरा गौण रहेको बताएका छन् ।
‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो,’उनले भने‘यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।