Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारमा प्रतिपक्षीसँग प्रधानमन्त्रीको सवाल जवाफ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ६ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । सोमबार साँझ चार प्रतिपक्षी दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ।

प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलको टोली बालुवाटार पुगेको थियो ।

प्रचण्डका साथमा माओवादीका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्याल र सांसद शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन थिए ।

प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाए । बाढी पहिरो पीडितहरूलाई समयमै राहत उपलब्ध गराउने लगायतका विषयमा ज्ञापनपत्र बुझाएका थिए ।

सोमबार साँझ प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूबिच नोकझोक पनि चल्यो । सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने र राजनीतिक दल फुटाउन सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूबिच बालुवाटारमा नोकझोक चलेको हो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रतिपक्षी दलका नेताहरूले ४ बुँदामा प्रधानमन्त्री ओलीसँग सवाल जवाफ गरेका थिए ।

यस्तो छ ४ बुँदे सवाल जवाफ

विपक्षः पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ?

प्रधानमन्त्रीः मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।

विपक्षः पूर्वाग्रह, तानाशाही ?

प्रधानमन्त्रीः अहिले कतिपय ठाउँमा मलाई “तानाशाह” भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।

मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।

विपक्षः राजनीति दलसम्बन्धी अध्यादेश… ?

प्रधानमन्त्रीः विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।

विपक्षः विपद् र राहतको विषय..

प्रधानमन्त्रीः मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको छ। यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।

ज्ञापनपत्रमा के छ ?

    

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४