Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार गणेश भगवानको पूजा अर्चना र व्रत बस्दा फाइदा पुग्ने पूजा,कसरी गर्ने ? कुन मन्त्र जप्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ६ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ ।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन हो । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहररूमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरूको संख्या बढेर गएको छ ।

धर्म शास्त्रका अनुसार मंगलबार बर्जित गरिएको काम

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

गणेशजीलाई लड्डु औधी नै मनपर्छ । यसबारे पद्यपुराणमा उल्लेख गरिएको कथा यसप्रकार छः

पूर्वकालमा पार्वतीदेवीलाई देवताहरुले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भत्रुभयो कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आउनुभयो । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ हुनुभयो । तब गणेशजीले श्रद्धापूर्वक माता–पितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिनुभयो ।

यो देखेर माता पार्वतीले भत्रुभयो, ‘सबै तीर्थमा गरेको स्नान , सबै देवतालाई गरेको नमस्कार , सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत , मन्त्र, योग र संयमको पालन यीसबै साधनाहरु माता–पिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन ।’

त्यसकारण गणेशजी सयौं पुत्रहरू र सयौं गणहरूभन्दा पनि धेरै हुनुहुन्छ । त्यसैले उहाँलाई गणनायक पनि भनिन्छ । पार्वतीमाताले भत्रुहुन्छ अतः यो लड्डु म गणेशलाई अर्पण गर्दछु । त्यसकारण यो लड्डुसँग माता–पिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको माता–पिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उहाँको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक हुनुहुन्छ । भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो । उहाँ सबै बि’घ्नबाधाहरुको नि’वारक पनि हुनुहुन्छ । उहाँले सबै कार्यहरु निर्बिघ्न गराउनुहुन्छ । भगवान गणेशको अर्कोनाम ‘विनायक’ पनि हो विनायकको अर्थ उहाँको अरु कोही नायक छैन र उहाँनै सर्वश्रेष्ठ नायक हो भत्रे बुझिन्छ ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि हुनुहुन्छ । हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच , चिन्तन , धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उहाँ गुणहरुको खानी हुनुहुन्छ । उहाँमा सबै गुण र शक्तिहरु शोभायमान छ । उहाँ देवताहरुमध्ये गुणको देवता हुनुहुन्छ ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्र

यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ । १ श्री गणेशाय नमः २– ॐ श्री गणेशाय नमः ३– गं गणपतये नमः ४– ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः ६ – ॐ सिद्धि विनायकाय नमः ७– ॐ गजाननाय नमः ८– ॐ एकदंताय नमो नमः ९– ॐ लंबोदराय नमः १०– ॐ वक्रतुंडाय नमो नमः ११– ॐ गणाध्यक्षाय नमः

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४