Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पठाओ कार रेन्टल’ सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ६ २०८१
  • 1.8K
    SHARES

काठमाडौँ । पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरु गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुनेछन् ।

हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् ।

रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ‘राउण्ड ट्रिप’ वा ‘ड्रप’ को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । जसले ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् ।

पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको हमालले बताइन् । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ ।

पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । यो सेवा पठाओ नेपालको नारा ‘मुभिङ नेपाल’ कै आशयमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४