Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ५ २०८१
  • 3.6K
    SHARES

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई हराउँदै नेपालले सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।

सोमबार बिहान अमेरिकाको डालसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएर नेपाललाई १५७ रनको लक्ष्य दिएको थियो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमलव ४ आभेरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिएका थिए ।

यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको नेपालले दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।

सम्बन्धीत समाचार

अमेरिकासँगको तीन खेलको टी-२० आई सिरिज नेपालले जित्यो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४