Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टुटेन नेपालको हारको क्रम : ट्वान्टी-२० सिरिजमा पनि पराजित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १३ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको हो । यस खेलमा क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपाली टिम १९ ओभरमा अल आउट हुँदै १०९ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । क्यानडाका लागि साद बिन जफरले सर्वाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए । नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल आज ओमानसँग खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४