Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओडीआईमा क्यानडासँग नेपाल पहिलो पटक पराजित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १ २०८१
  • 2K
    SHARES

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको हो ।

ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

क्यानडाले दिएको २५४ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो । नेपालका लागि करण केसीले सर्बाधिक २७ रन बनाएका थिए भने सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भिम सार्कीले १८, गुलशन झाले १५, कुशल मल्लले १२ रन बनाएका थिए । कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, दिपेन्द्र सिंह ऐरीले ८, सोमपाल कामीले ६ रन बनाएका थिए ।

क्यानडाका बलर डिलोन हेयलिगेरले सर्बाधिक ५ विकेट लिएका थिए भने अखिल कुमार र अंश पटेलले २-२ विकेट लिएका थिए ।साद बिन जफरले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै २५३ रन बनाएको थियो । क्यानडाका लागि कप्तान निकोलस कृतनले सर्बाधिक ७३ रन बनाएका थिए भने नवनीत धालिवालले ४८ रन बनाएका थिए ।

नेपाली बलर सोमपाल कामी र ललित राजबंशीले २-२ तथा सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए ।

यो जितपछि क्यानडाले लिग-२ मा ९ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ । नेपालको भने लिग-२ मा यो चौथो हार हो । ५ खेलमा एक मात्र जित हासिल गरेको नेपालको २ अंक छ र अंक तालिकामा सातौं स्थानमा छ । अब नेपालले अर्को खेल बुधबार ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४