बिहान ११ बजे तिर सावनको झरिमा छाता ओड्दै बजारसम्म जानु पर्ने काम भएर हिडे थोरै तल पुगि हेर्दा खोला अलि बढे जस्तो लाग्यो अनि पुलबाटै जानु पर्यो भनेर सिधै तल पुलतर्फ लागे, पुल पारि पुग्दा त झरि ठुलै पर्यो उतिखेरै हिरो जस्तो देखिने मिलेको जिउडाल, कालो केस, सेतो अनुहारमा हल्का कालो मिलेको दारिजुङ्गा अनि लगभग २७/२८ वर्षको देखिने एउटा अन्जान व्यक्ति हतारिदै आएर भन्छ, hello छातामुनि ओतिन पाइन्छ ?
म: अं पाइन्छ ।
उ: हेर्नु न बाइक कोठामै छोडि हिडेको खाजा खाएर फर्किहाल्ने भनेर तर दाईले पैसा निकालेर झट्ट ल्याउनु भनेसि यसै ATM कुदेको म त ठ्याक्कै हजुर भेटिनु भयो क्या lucky रहेछु मुसुक्क हास्दै भन्यो ।
म: lucky रे किन हुनु र समय एउटै भएर संजोगले पो भेट भएको हो केरे ! केहि समय साधारण परिचय पश्चात,
उ: boyfriend हुनुहुन्छ होला उहाँ रिसाउँदा हजुरले गालि पो खानु पर्छ कि ?
म: झट्टै कोहि पिर नलिनुस तेसरि रिसाउने फकाउने कोहि छैनन् र मलाई मेरो हद थाहा छ क्यारे so मलाई रोक्न टोक्न कोहि आउदन ।
उ: यति राम्री हुनुहुन्छ boyfriend छैन रे झुट नबोल्नु न ,
म; लौ अनुहार राम्रो भए boyfriend पाइन्छ र ?
उ: हो नि! राम्रि मान्छेहरु कि बिहे गरि हाल्छन् कि boyfriend हुन्छन् अब तपाइँको बिहे भए जस्तो देखिन् boyfriend sure छ होला !
म: भित्रि सुन्दरता बुझ्न कसैले चाहादैन बाहिरि सुन्दरता दर्साउन म चाहन्न, मान्छे चित्रको वर्णनमा बढि प्रभावित हुन्छन् चित्र भित्रको यथार्थ कोहि खोज्दैनन् । Level, हैसियत मिल्नेसँग कुरा बिहे सम्म पुग्छ नत्र केहि समय बोलि आदत बनाई बोल्नै छोड्छन् अनि कोहि त अनेक सपना देखाई द्रौपतीको चिरहरण गर्ने दुर्योधन जस्ता राक्षस निस्किन्छ त कोहि रुपमा मोहित हुने रावण जस्ता पनि भेटिन्छन् अहिले जमाना रुपमै मोहित छ अनि यस्तो समयमा समय छुट्टाई ब्युटिपार्लर गई अनेक थरि मेकअप गर्न मैले जानिन , घरमा अनेक ब्युटि क्रिमले अनुहार चम्काउनलाइ पोत्न सकिन् , यो डन्डिफोर, कालोदाग, खाल्डाखुल्डी को के कुरा बच्चा हुदा लागेको निधारको चोटले परेको यो खाल्डो लुकाउन त सकिन् अनि कसरि हुन्छन boyfriend, यो समय त देखावटी छ झुटो अनुहारमा बिक्छ आजकल महत्व त गोरे अनुहार, सम्पत्ति, PR ,सरकारी जागिरेको छ अब अनुहार राम्रो देखे घरमा छोरि भएको बुढो तन्नेरी हुन्छ तर अनुहार नराम्रो देखे ३२ गुण भएनि value हुदैन । भनाई मै सिमित face doesn’t matter मन मिल्नु पर्यो रे तर real life मा सबलाई रुपरंग, धनसम्पत्ति , जागिर , पढाई , मिलेको जिउडाल चाहिन्छ मसँग यि सबै माध्य एउटा केहि छैन तेसैले मेरो कोहि छैन ।
तर यि मध्य एक मात्र रुपरंग राम्रो भए प्रस्तावहरु आफै आउछन् रे यि जागिरेहरु त झन रुपकै पछाडि भाग्छन् रे आफ्नो शरिर नमिलेको, लुरेदाउरे, अनुहार चाउरि परेको, पेट लागेको, दारि जुङ्गा झपकै जोगि जस्तो भएको केटोलाई पनि केटि चिटिक्कै परेकि रुपले सम्पन्न चाहिने रे दिनभर बसेर बरु मेकअप दल्ने भए भो घर धान्न पर्दैन तर साथिहरुको अघाडी बुढि वा बुढो राम्रि / हेन्डसम छ जागिरे छ भन्ने होस् पुग्यो रे । जमाना देखावटी छ नि त तेसैले देखाउन जरुरि छ हो यस्तै देखावटी प्रेम र विवाहले नै त सम्बन्धमा बैवाहिक बलात्कार, प्रेममा बलात्कार जस्ता आरोपमा कयौ निर्दोषहरु सजाएका भागिदार बनेको र सम्बन्ध बिच्छेदको मुद्दाहरु पनि बढेको छन । तर कोहि कतै छन एक दुई प्रतिशत मान्छे जो अझै पनि परिवार , संस्कार, व्यवहार, मन, भावना बुझेर मात्र प्रेम वा बिबाहको प्रस्ताव राख्छन अनि यिनकै सम्बन्ध अन्तिम सम्म रहन्छ । नत्र केटा होस् वा केटि सबैले आजकाल देखावटीलाई नै महत्व दिन्छन्
उ: हजुर त कडा मान्छे हुनुहुदो रहिछ यस्तो समझदार मान्छे कसरि कोहि छैन भनेको होला ?
म: यहाँ सबै तिर level मिल्ने खाल्को हुनुपर्छ प्रतिस्पर्धा गर्नुपर्छ रुप, धनसम्पत्ति, जागिर, पढाई, हैसियत, औकात सँग तर मेरो अहिले केहि छैन । रुप त फेर्न सक्दिन बाकि चिज आफ्नो पक्षमा बनाए पछि प्रतिस्पर्धामा जाउला अनि मेरो love पर्ला बिहे होला तब पुन: यसरि भेट भयो भने boyfriend रिसाउनु हुन्छ ओत नलाग्नु होस् भनुला नि !
उ: ख्यास्स हास्दै कुरा निकै मिठा गर्नुहुदो रहिछ फेरि फेरि भेट होस् हाम्रो अनि यस्तै मिठामिठा गहकिला कुराहरु सुन्न पाउ आजलाई छुट्उ है भन्दै घण्टाघर चोकबाट हाम्रो बाटो फेरियो म आफ्नो काम तर्फ लागे उ आफ्नो काम तर्फ लाग्यौ ।……….
कसैको जिवनमा मेल खान पुगे संजोग मात्र हुनेछ, यो काल्पनिक मात्र हो यथार्थता खोज्ने कष्ट गर्नुहोला धन्यवाद 🙏