Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तबला उपहार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 4.6K
    SHARES

पुष्कर खड्का जन प्रहार !

रामेछाप । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई तबला उपहार दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई तबला उपहार दिएका हुन् ।

काठमाडौं महानगरको समग्र विकासका बारेमा ओली र बालेनबीच छलफल भएको जनाइएको छ ।

बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।

बालेन बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न उनकै निवास पुगेका थिए ।

केही दिनअघि काँग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका थिए । बालेन सिर्जना सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए ।

बालेनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतसँग पनि भेटिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४