Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिवाकर भट्टराईको एक्सन थ्रिलरबाट फिल्ममा फर्किंदै राजेश हमाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १० २०८१
  • 3.2K
    SHARES

काठमाडौं । अभिनेता राजेश हमाल फिल्ममा फर्किने निश्चितजस्तै भएको छ । दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी एक्सन-थ्रिलरमा हमालले अभिनय गर्ने बुझिएको छ ।

‘उहाँसँग मौखिक सहमति भएको छ । लिखित सहमति हुन बाँकी छ । उहाँ फिल्म खेल्न सकारात्मक हुनुहुन्छ,’ निर्देशक भट्टराईले भने, ‘उहाँलाई साइन गराएपछि अन्य कास्टलाई टुंग्याउने तयारी छ ।’

नाम तय भइनसकेको यो ‘अनटाइटल’ फिल्ममा हमालको शीर्ष भूमिका हुनेछ । यदि लिखित सहमति भएमा ठूलो पर्दामा हमालको पाँच वर्षपछिको पुनरागमन हुनेछ । हमाललाई सुहाउने भूमिका भएकाले उनलाई प्रस्ताव गरिएको भट्टराईले बताएका छन्  ।

‘त्यो रोल उहाँलाई सबैभन्दा सुहाउँछ । फिल्ममा कमब्याकका लागि यो बेस्ट क्यारेक्टर हो । स्क्रिप्ट पढ्दा पनि सबैले हमाल नै हुनुपर्छ भनेर भनेका छन्,’ हमालको कास्टिङ तयारीबारे निर्देशकले भनेका हुन्  ।

हमालको पछिल्लो फिल्म ‘सीता’ पाँच वर्षअघि रिलिज भएको थियो । त्यसयता उनी टेलिभिजन कार्यक्रममा व्यस्त रहे । भदौदेखि छायांकन हुने दिवाकरको यो फिल्मको पटकथा उनी स्वयं र कथा चन्द्र पन्तले लेखेका हुन् ।

यो फिल्मको एक्सन कोरियोग्राफीको जिम्मा चन्द्रले नै लिएका छन् । राजुविक्रम थापाले छायांकन गर्ने फिल्मलाई काठमाडौं र उपत्यकाबाहिर पनि सुट गर्ने तयारी छ । दिवाकरको ब्यानर क्रिएटिभ सिने आर्ट्सले फिल्म निर्माण गर्न लागेका हुन् ।

दिवाकरले पछिल्लो पटक पल शाहलाई शीर्ष भूमिकामा लिएर ‘मायावी’ निर्देशन गरेका थिए, जुन रिलिज तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४