Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज साउनको पहिलो सोमबार, यस्तो छ महिमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ७ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २२ तारिख । साउन कृष्ण पक्षको प्रतिपदा तिथि । यो वर्षको साउनको पहिलो सोमबार । पशुपतिनाथ मन्दिरमासहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

आज सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको छ।

व्रतको तयारी

बिहान सबेरै उठेर नुहाउने र सफा लुगा लगाउने । यसपछि मन्दिर गएर वा घरमै पनि भगवान शिवको पूजा गर्न सकिन्छ । शिवलिंगमा अभिषेक गर्न जल, दूध, गंगाजल, मह, दही र घिउ जस्ता सामग्री चाहिन्छ।

साउनमा शिवलिंगमा अभिषेक गर्दा भगवान प्रसन्न हुन्छन् । शिवपुराण अनुसार शिव आफै जल हुनुहुन्छ। भगवान शिवलाई जल अर्पण गर्ने महत्व समुद्र मन्थनको कथामा पाइन्छ ।

समुद्र मन्थनबाट निस्केको आगोजस्तै हलहल विष पिएपछि भगवान शिवको घाँटी नीलो भएको थियो । त्यसपछि सबै देवताहरूले उसलाई विषको शीतलता र गर्मी निभाउनको लागि जल अर्पण गरे। त्यसैले भगवान शिवको हरेक पूजामा जल अवश्य चढाइन्छ।

त्यसपछि शिवलिंगमा बेलपत्र, धतुरा र खरानी चढाउनुपर्छ। त्यसपछि धूप र दीप प्रज्वलन गरी भगवानको आरती गर्नुहोस् । यस दिन व्रत बस्नुहोस्। साउन सोमबारको व्रतमा फलफूल पनि खान सकिन्छ ।

साउन महिनाको सोमबारको दिन शिवलिंगको पूजा–आराधना गरी व्रत गर्नाले जीवनका सबै बाधाहरू हटेर घर-परिवारमा सुख-समृद्धि हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४