Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत नपाउने निश्चित छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बेगर संसद्मा अरू कुनै दलले विश्वासको मत पाउने सम्भावना छैन ।

अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरिसकेका छन् । दुवै दलले प्रचण्डलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरिसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने नपाउने विश्वासको मत लिइछाड्ने अडानमा छन् । अल्पमतमा परेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला उनी विश्वासको मत लिन हतारिएका हुन् ।

प्रचण्डले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनेछन् । संविधानको व्यवस्थाबमोजिम उनले असार २८ गते विश्वासको मत लिन लागेका हुन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका छन् । संविधानतः सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

एमालेले बुधबार मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १० गरी ६३ मत मात्रै छ । उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेसका ८८ र एमालेका ७९ गरी १६७ मत देखिन्छ । गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।

प्रधानमन्त्रीले अहिले नै राजीनामा दिएमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आहृवान गर्नुपर्ने हुन्छ । तर, धारा ७६ को उपधारा २ अनुसारै प्रधानमन्त्री बनेका प्रचण्डले बहुमत नपाएमा राष्ट्रपतिले फेरि सोही धाराको उपधाराअनुसार सरकार गठन आहृवान गर्न मिल्छ कि मिल्दैन भन्नेमा विवाद छ ।

संविधानमा धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके राष्ट्रपतिले संसद्को सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था धारा ७६ को उपधारा ३ मा छ । जसअनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री बन्ने अवसर पाउने सम्भावना छ ।

यही रणनीतिअनुसार प्रचण्डले जसरी पनि संसद् फेस गर्ने अडान लिइरहेको विश्लेषकहरूको बुझाई छ । प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री भएका उनले यसअघि नै चारपटक विश्वासको मत लिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४