Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपको फाइनलमा भारतको सामना गर्दै दक्षिण अफ्रिका, हेड टु हेड’मा कुन टिम अगाडि ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १६ २०८१
  • 3.1K
    SHARES

काठमाडौं । आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ । दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुग्यो भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।

यी दुई टोलीबीचको फाइनल भिडन्त आज (शनिबार) राति सवा ८ बजेदेखि बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा सुरु हुनेछ । भारतले १० वर्षपछि फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ श्रीलंकासँग पराजित भएको थियो ।

भारतले हालसम्म एकपटक टी-२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।

दक्षिण अफ्रिका भने पहिलोपटक फाइनल खेल्न लागेको हो । यसअघि सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो । अब दक्षिण अफ्रिका भारतलाई पनि स्तब्ध पार्दै पहिलो मौकामै उपाधि जित्न चाहन्छ ।

हेड टु हेड’मा को अगाडि ?

हालसम्म भारत र दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा ६ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले चार र दक्षिण अफ्रिकाले दुई खेलमा जित निकालेको इतिहास छ ।

यी दुई टिमले टी-२० आईमा समग्रमा २६ खेलमा एकअर्काविरुद्ध खेलेका छन्, जसमा भारतले १४ र दक्षिण अफ्रिकाले ११ खेल जितेको छ ।

भारत र दक्षिण अफ्रिकाबीचको एक खेल भने रद्द भएको छ । पछिल्लो पाँच खेलको कुरा गर्दा दक्षिण अफ्रिकाले भारतलाई तीन खेलमा हराएको छ । यी दुई टिमले अन्तिमपटक १४ डिसेम्बर २०२३ मा खेलेका थिए, सो खेलमा भारत १०६ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४