Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामीसामु श्रीलंकालाई हराउने अवसर छ : कप्तान रोहित पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २९ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आफूसामु श्रीलंकालाई हराउने अवसर रहेको बताएका छन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका हुन् ।

उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको बताए । ‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ,’ उनले भने, ‘हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं ।

नेपाललेले भोलिको खेललाई महत्त्वपूर्ण खेलको रुपमा नै लिएको उनको भनाई छ । ‘हाम्रो बलिङ आक्रमण केहि राम्रो छ । हारमा पनि राम्रो प्रदर्शन भएको छ,’ कप्तान पौडेलले भने, ‘यो विश्वकपमा मैदानको अवस्था बुझेर खेल्न सके मात्र सहज हुन्छ । त्यसैले हामीले भोली त्यो बुझेर आफ्नो रणनीति प्रयोग गर्नुपर्छ । नेपालले पनि राम्रो क्रिकेट खेल्छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा भोलि श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । विश्वकप जुन १ बाट सुरु भएको हो ।

नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग ड्यालसमा खेलेको थियो । भोलि श्रीलंकासँग खेलेर टोली वेस्ट इन्डिजतिर लाग्ने छ । वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लीगको आफ्नो अन्तिम खेल खेल्ने छ ।

नेपाली लेगस्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले संयुक्त राज्य अमेरिकाको प्रवेशाज्ञा नपाएकाले उनी त्यहाँ हुने खेलमा सहभागी हुन वञ्चित भए । तर वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन उनी त्यहाँ पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४