Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० विश्वकप : रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हरायो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २८ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । भारत आइसिसी ट्वान्टी-२० विश्वकपमा समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । चिर-प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै भारतले शीर्ष स्थानमा उक्लिएको हो ।

आइतबार न्युयोर्कमा सम्पन्न खेलमा जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । पाकिस्तानका कुनै पनि ब्याटर भारतीय बलरसामु खुलेर खेल्न सकेनन् ।

टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । ट्वान्टी-२० विश्वकपको इतिहासमा पाकिस्तानले पहिलोपटक भारतलाई अलआउट गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४