Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघको चुनाव स्थगित, तोकिएन अर्को मिति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २६ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७ औँ महाधिवेशनको निर्वाचन आजका लागि तोकिएको थियो ।

निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।

शुक्रबार एक सूचना जारी गर्दै पोखरेलले भनेका छन्, ‘यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।

महासंघको मतदाता नामावलीका विषयमा विवाद भएपछि महासंघमा आबद्ध विभिन्न पत्रकार संघ संस्थाले केन्द्र देखि जिल्ला सम्मका महासंघका कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले सूचनामार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४