Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेस्ट राष्ट्र आयरल्यान्डलाई क्यानडाले १२ रनले हरायो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २६ २०८१
  • 1.4K
    SHARES

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा एसोसियट राष्ट्र क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध १२ रनको जित निकालेको छ ।

शुक्रबार न्यूयोर्कमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।

क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले टेस्ट राष्ट्रविरुद्ध १२ रनको सनसनीपूर्ण जित निकालेको हो ।

आयरल्यान्डका मार्क अडायरले ३४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । जर्ज डक्रेलले ३० रन थप्दा एन्डी बिलबर्नीले १९ र लोर्कान टकरले १० रन थपे ।

क्यानडाका जेरेमी गोर्डोन र दिलोन हाइलिजरले समान दुई विकेट लिए । साद बिन जफर र जुनैद सिद्दिकीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो ।

क्यानडाका निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए । एक रनले अर्धशतक बनाउन चुकेका उनले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । श्रेयस मोभ्वाले ३७ रन थप्दा पर्गत सिंहले १८ र आरोन जेम्सले १४ रन जोडे ।

आयरल्यान्डका बेरी म्याकार्थी र क्राइग योङले समान दुई विकेट लिए । मार्क अडायर र ग्यारेथ डेलानीको नाममा एक–एक विकेट रह्यो ।

प्रतियोगितामा पहिलो जित निकालको क्यानडा दुई अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । क्यानडा यसअघि पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो ।

लगातार दोस्रो हार बेहोरेको आयरल्यान्ड तालिकाको पुछारमा छ । यसअघि पहिलो खेलमा आयरल्यान्डले भारतसँग आठ विकेटको हार बेहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४