Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा ५ अस्थायी सदस्य चुनिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २५ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्‌को अस्थायी सदस्य चुनेको हो ।

यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ ।

आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीजरल्याण्डको कार्यकाल समाप्त हुनेछ । उनीहरुको स्थान नवनिर्वाचित डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियाले लिने छन् ।

सुरक्षा परिषद्‌मा पहिलेदेखि नै अल्जिरिया, गयाना, दक्षिण कोरिया, सियरा लियोन, स्लोभेनिया अस्थायी सदस्य छन् ।

संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा १० अस्थायी र ५ स्थायी सदस्य हुन्छन् । अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य हुन् । स्थायी देशहरुलाई भिटो प्रयोग गर्ने अधिकारसमेत हुन्छ ।

१० अस्थायी सदस्य राष्ट्र दुई वर्षका लागि मात्र चुनिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा निर्वाचनमार्फत् अस्थायी सदस्य राष्ट्र चुनिन्छ । महासभाका १९३ सदस्य राष्ट्रहरुले अस्थायी सदस्य राष्ट्र चुन्दा क्षेत्रीय प्रतिनिधित्वलाई समेत ख्याल गरिन्छ ।

५–५ अस्थायी सदस्य राष्ट्र चुन्न हरेक वर्ष निर्वाचन हुन्छ । स्थायी र अस्थायी गरी सुरक्षापरिषदका १५ सदस्य राष्ट्रको जिम्मेवारी विश्वमा शान्ति सुरक्षालाई कायम राख्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४