Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २३ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । आईसीसी टी-२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १-१ अंक पाएका छन् ।

वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६.२ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाउँदा ठुलो वर्षा भयो । त्यसपछि खेल १०/१० ओभरमा घटाइएको थियो ।

स्कटल्याण्डले १० ओभरमा विना क्षती ९० रन बनाउँदा तेस्रो पटक वर्षा भयो । जसले गर्दा खेल रद्द गरियो र नतिजा आउन सकेन । स्कटल्याण्डका लागि ओपनरद्वय माइकल जोन्सले अविजित ४५ र जर्ज मुन्सेले अविजित ४१ रन बनाएपनि त्यो काम लागेन ।

समूह बी मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्ड दुवैको खातामा समान १ अंक भएको छ । समूह्य बी मा यसअघि नामिबियाले ओमानलाई हराएर २ अंक जोडिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४