काठमाडौं । पुर्ब राष्ट्र सेवक तथा समाजसेवी बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ । शनिवार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलन गरी सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
चर्चित गायक स्वरूपराज आचार्यको स्वर रहेको यो गितमा कलाकारहरु आशमान वाइबा र चर्चित नायिका केकी अधिकारी लाई ‘भिडियो ” मा देख्न सकिन्छ । गीतमा पावल चाम्लिङ राईको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेका छ । वरिष्ठ गीतकार एवं नेपाल प्रहरीका एआइजी टेक बहादुर तामाङको शब्दमा सजिएको यो गित निकेश खड्काद्वारा निर्देशित भएको छ ।
भिडियोमा माया पिरतीसँग बिछोडिएको पीडा प्रस्तुत गरिएको देखिन्छ । प्रेमि भावले ओतप्रोत भए तापनि यससँगै प्रेममा उत्तरचढाव भइरहन्छ । सारा संसार भुलेर सच्चा माया गरे पनि प्रेमिकाकै अगाडि अर्को अँगालेपछि बिछोडिएको पीडा प्रेमी वाइबा मार्फत देखाइएको छ ।
भिडियो मनिक पाख्रिन र छायाङ्कन उत्तम हुमागाईले गरका छन् , क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाईँ र सम्पादन विकास धमलाले गरेका हुन् । सह छायाँङ्कन कुलप्रसाद हुमागाईले गरेको छन ।
©www.janaprahar.com
भिडियो