Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डले बालुवाटार डाके कांग्रेस शीर्ष नेता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ५ २०८१
  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोधबारे नेपाली कांग्रेसका नेताहरूसँग फेरि छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएको नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । नेपाली कांग्रेस नेताहरूलाई हिजो साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण आज बिहानका लागि बैठक सारिएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै नेपाली कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ।

बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेला-धकेलले तिक्ततापूर्ण बनेको राजनीतिक माहौललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले संवाद र छलफललाई पुनः अघि बढाएका हुन् ।

प्रधानमन्त्रीले समिति गठनमा गृहमन्त्री लामिछानेको नाम किटेर उल्लेख नगर्ने तर उनीसँग जोडिएका सहकारीको नाम राख्न सकिने गरी नेपाली कांग्रेसलाई सहमतिमा ल्याउने प्रयास गरेका छन् ।

प्रधानमन्त्रीले हिजो संसद् भवनस्थित आफ्नो चेम्बरमा नेपाली कांग्रेस प्रमुख सचेत लेखक, कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडालगायत नेताहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४