Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबैको सम्मान हुनेगरी महासंघको वविाद टुंगयिोस् स् मन्त्री चौधरी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ११ २०८१
  • 1.9K
    SHARES

काठमाडौँ  ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान
विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने
गरिएको बताउनुभयो । ‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आफैले संवाद सुरु गरेको छ । यो विषयले पक्कै पनि टुंगो लाग्नेछ भन्ने विश्वास
व्यक्ति गर्दछु’, उहाँले भन्नुभयो, ‘मलाई लाग्छ यो विषय सिंगो पत्रकारिता क्षेत्रको गौरवसँग जोडिएको विषय भएकाले यसले पक्कै पनि छिट्टै अगाडि
बढ्नेछ । सत्य तथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।’ समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त
गर्दै उहाँले आगामी दिनमा अझ बढी भन्दा बढी जनताका कुराहरू बाहिर ल्याउन सक्नुपर्ने बताउनुभयो ।

‘सत्यनारायण जिले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई संगठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ
हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासंघले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’आफूले पनि ६ महिना रेडियो नेपालमा पत्रकारिता गर्ने अनुभव बटुलेको स्मरण गर्दै मन्त्री चौधरीले यस क्षेत्रमा देखिएको समस्याको समाधानका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । पेशा व्यवसायसँगै आफ्ना अन्य जिम्मेवारी व्यवस्थापन गर्नुपर्दा केही अप्ठ्यारा हुँदाहुँदै पनि पत्रकारिता क्षेत्र अन्य पेशा भन्दा फरक क्षेत्र रहेकाले यस क्षेत्रमा काम गर्न सकेमा समाजमा स्थापित हुन सकिने उहाँको भनाई थियो ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन
राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्क्षा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिएको थियो
।
फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना
मगरले जानकारी दिनुभएको थियो । त्यस अवसरमा बोल्दै फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४