Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्णायक नाउपा दुई तिर, सुदूरपश्चिम सरकार जोगिने सम्भावना क्षीण “अंकगणित”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २२ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण छ ।

प्रदेशसभाको सबभन्दा ठुलो दल कांग्रेसका १८ सांसद छन् । ५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ ।

नाउपाका ७ सांसद छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ । कांग्रेसका सबै , नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ तर, त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।

नाउपा विभाजित

नागरिक उन्मुक्ति पार्टी दुई भागमा विभाजन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको विषयलाई लिएर सिंगो पार्टी नै दुई भागमा विभाजन हुन पुगेको हो ।

श्रीमान/श्रीमतीको पार्टी भनेर पनि चर्चा हुँदै आएको नागरिक उन्मुक्ति रञ्जिता श्रेष्ठ र रेशमलाल चौधरीबिच बढ्दै गएको विवादका कारण यतिबेला वारपारको अवस्था नै सिर्जना भएको छ । यतिबेला मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने – नदिने विषयमा पार्टीभित्रबाट दुईवटा ह्विप एकैदिन जारी भएको छ ।

सुरुमा पार्टी अध्यक्ष रञ्जिता र लगत्तै पार्टी प्रमुख सचेतक खुशीराम डगौरा थारुको ह्विप जारी भएको छ । ७ जना प्रदेश सभा सदस्य रहेका आफ्ना सांसदहरूलाई मतदान नगर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप नै जारी गरेकी छन् । उनले लिखित रूपमै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रम घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा कामकाज गरेपनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार नभएको अध्यक्ष श्रेष्ठले बताएकी छन् । ह्विप जारी गर्ने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई निर्देशन दिएकी हुन् ।

अध्यक्षले यस्तो निर्देशन जारी गरेलगत्तै डगौराले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न निर्देशनसहितको ह्विप नै जारी गरे । उनले अनिवार्य उपस्थिति जनाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका सबै प्रदेश सभा सदस्यलाई निर्देशन दिएका छन् । हाल नागरिक उन्मुक्तिका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४