Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयरल्यान्डसँग सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १७ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । शुक्रबार भएको पहिलो टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ । यो खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ ।

घरेलु मैदानमा पहिलो खेलमा लोकेश बमले शतक प्रहार गर्दासमेत पराजित भएको नेपाल दोस्रो खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ । शुक्रबार आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।

नेपाल र आयरल्यान्ड ‘ए’ले तीन तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्नेछन् । टी-२० सिरिजको अन्तिम खेल आइतबार हुनेछ । पहिलो खेल पराजित नेपालमाथि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ । एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ । उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४