Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जाजरकोटका भूकम्प पीडितको अस्थायी आवास निर्माणमा रेडक्रसबाट चार करोड बढी सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १७ २०८०
  • 3.9K
    SHARES

काठमाडौँ । जाजरकोट भूकम्पपछि नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले जिल्लाका दुई वटा पालिकामा चार करोड बढी सहयोग गरेको छ । स्थानीय सरकारबाट लाभग्राही कायम भएका प्रभावितलाई नगदसहित अस्थायी आवास निर्माणका लागि सो रकम सहयोग गरेको दाबी गरिएको छ ।

भूकम्प प्रभावित सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका २ सय ५० लाभग्राहीले रेडक्रसको अनुदान रकमबाट अस्थायी आवास निर्माण गरेका छन् । सानीभेरीमा १ सय ५० र त्रिवेणीमा १ सय प्रभावित घरपरिवारका अस्थायी टहरा निर्माणमा २ करोड १७ लाख ५० हजार रकम खर्च गरेको दाबी रेडक्रसको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत सानीभेरीको वडा नम्बर ४ र त्रिवेणी गाउँपालिकाका वडा नम्बर ९ र १० का लाभग्राहीले अस्थायी आवास निर्माण गरेका हुन । अस्थायी आवास बनाएकी सानीभेरी गाउँपालिका वडा नम्बर ४ कि उर्मिला केसीले रेडक्रसको अनुदानले ठूलो सहयोग पुगेको बताउनुभयो ।

प्रतिपरिवार ८७ हजारका दरले प्रदान गरिएको अनुदानबाट अस्थायी आवास, शौचालय र खानेपानी ट्यांकी निर्माण गरिएको छ । यसका लागि रेडक्रसले प्रभावित लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताको अनुदान रकम भुक्तानी गरिदिएको हो । रेडक्रसको सहयोगले अस्थायी आवास बन्दा ढुक्ककासाथ बास बस्न पाएको सानीभेरीका कोमबहादुर खत्री बताउनुहुन्छ ।

रेडक्रसले भूकम्प प्रभावित एक हजार ४ सय ४२ घरपरिवारलाई १५ हजारका दरले बहुउद्देश्यीय नगद रकम समेत प्रदान गरेको छ । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाले अस्थायी आवास र बहुउद्देश्यीय रकम गरेर ४ करोड ३३ लाख ६० हजार रकम खर्च गरिएको दाबी गर्नुभयो ।

यस्तै १ हजार ४ सय ४२ प्रभावित परिवारका लागि २ करोड १६ लाख ३० हजार बहुउद्देश्यीय नगद रकम वितरण गरेको दाबी गरिएको छ । बहुद्देश्यीय सहयोग रकम जेष्ठ नागरिक, दीर्घरोगी, एकल महिला, सुत्केरी, गर्भवती र अपाङ्गता भएका घरपरिवार छनोट गरेर पठाइएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४