Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्पतालबाट घर आएकी डा. प्रतिभा आफ्नै घरमा मृत फेला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १६ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला परेकी छिन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरको बाथरुपमा मृत फेला परेकी हुन् ।

बाथरुपमा भेटिएकी उनलाई श्रीमान् डा. कविराज भण्डारीले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा उनलाई फेला पारिएको श्रीमानले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको बिदामा बसेको बताइन्छ । प्रतिमाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् । रातो बंगला स्कुल पढेकी उनले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी थिइन् ।

रातो बंगला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अंक ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् । डा. प्रतिभाका श्रीमानले आत्महत्या गरेको दाबी गरेपनि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४