Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेदरल्यान्ड्ससंग पनि हार्‍यो नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १६ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । त्रिदेशीय सिरिजअन्तर्गत दोस्रो टी–२० आईमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा नेपाल २ रनले नेदरल्याण्डसँग पराजित भएको हो ।

टस जितेर पहिला फिल्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेदरल्याण्डले दिएको १८५ रनको लक्ष्य पाएको थियो ।

ट्वान्टी–२० विश्वकप तयारीमा रहेको नेपालले टी–२० आई त्रिदेशीय श्रृंखलामा लगातार दुई खेलमा पराजय व्यहोर्‍यो । नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेदरल्याण्डका लागि माइकल लिबेटले ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै साइब्राण्ड इंगेलब्रेथले नट आउट ४९ रन बनाए । त्यस्तै स्कट इडवार्डसले ३३ र तेजा निडामानुरुले ३१ रन बनाए ।

नेपालको तर्फबाट नेदरल्याण्डले अतिरिक्त १३ रन पाएके थियो । नेपालका लागि करण केसी र कुशल मल्लले समान १/१ विकेट हात पारे । त्यस्तै दुई वटा विकेट नेपालले रन आउटका क्रममा प्राप्त गरेको थियो । नेपालको तर्फबाट ८ विकेट गुमाउँदै १८२ रन बनाउने क्रमा दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।

दीपेन्द्रले ३४ बलमा ३ छक्का र ६ चौकासहित ६३ रन बनाए भने रोहितले ३६ बलमा २ छक्का र ६ चौकासहित ५० रन बनाए ।त्यस्तै आसिफ शेखले ३४, करण केसी ११, कुशल मल्ल ११ र सन्दीप जोरा ८ रनमा आउट भए । कुशल भुर्तेल आजको खेलमा पनि डक आउट भए । यसअघि नामिबियासँगको खेलमा पनि कुशलले खाता खौल्न सकेनन् ।

नेदरल्याण्डले ५ रन मात्रै अतिरिक्त खर्चिएको थियो । नेदरल्याण्डका लागि साइब्राण्ड एंगलब्रेक्ट र रोइलफ भान डेरले समान २/२ विकेट लिए । भिभान किंगमा, टिम भानडेर गुगटेन, आर्यन दत्तले समान १/१ रन लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४